पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिकामा राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तरगत सञ्चालित स्वास्थ्यकर्मीहरुको लागि क्षयरोग सम्बन्धि मोडुलर तालिम सम्पन्न भएको छ ।
नगरपालिकाको सभाहलमा आज उक्त तालिमको समापन गरिएको हो । नगरको लेखा अधिकृत एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्वर वस्तीको अध्यक्षतामा भएको समापन समारोहमा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले क्षयरोगका बारेमा आफ्ना धारणाहरु राख्नुका साथै निर्देशनात्मक भनाईहरु राखेका थिए ।
नगरका १० वटै आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी , नगर अस्पतालका स्वास्थ्यकर्मी , निजि अस्पतालका प्रतिनिधिहरु र विद्यालय नर्सका प्रतिनिधिहरुको उपस्थितिमा सञ्चालित तालिममा ‘प्रिटेष्ट प्रोटेष्ट’ नगरका स्वास्थ्य अधिकृत जगत प्रसाद मगरले प्रस्तुत गरेका थिए । समापन समारोहको सञ्चालन नगरपालिका क्षयरोग कार्यक्रमका संयोजक मुकेश पौडेलले गरेका थिए भने तालिममा सहजीकरण बागमती सेवा समाज जिल्ला संयोजक अनिल कुमार साहले गरेका थिए ।