हिपमत डटकम

बिहिबार, चैत्र ०६, २०८१ || 2746  पटक पढिएको

विराटनगर ।झापा र धनकुटाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०५ गते झापा मेचिनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ कानेपोखरी गाउँपालिका-६ का २४ बर्षीय अबिन्द्र लिम्बु लाई १ ग्राम ४६० मिलिग्राम लागू औषध खैरो हिरोईन सहित पक्राउ गरेको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलिले लागु औषधको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा धनकुटा नगरपालिका-७ जिरोप्वाईन्ट स्थितबाट २१ बर्षीय रविन राई र १८ बर्षीय रोशन मल्लिक लाई प्रतिबन्धित औषधी ट्रामोल-२ सय ५ क्याप्सुल, स्पास्मो-१ सय २५ चक्की र डिकोलिक-५९ चक्कि सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहको छ 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!