बिराटनगर ।मोरङको धनपालथान गाउँपालिका वडा नं. ६ र ७ मा भीषण आगलागी हुँदा १३ घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् भने एक बालिकाको दुःखद निधन भएको छ। यो संकटपूर्ण अवस्थामा बिराटनगरस्थित पारस हस्पिटलले त्वरित रूपमा मेडिकल टोली परिचालन गरी पीडितहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ।

पारस हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताका अनुसार अस्पतालको टोलीले १३ घरपरिवारका ३६ जनालाई निःशुल्क औषधि वितरण गर्दै स्वास्थ्य जाँच गरेको छ। साथै, अस्पतालले आगलागी पीडितहरूलाई खाद्यान्न, झुललगायत अत्यावश्यक सामग्री पनि हस्तान्तरण गरेको छ।

यसबाहेक, दुई जना गम्भीर बिरामीलाई अस्पताल ल्याएर निःशुल्क उपचार थालिएको छ। पारस हस्पिटलका प्रमुख डबल गोल्ड मेडलिस्ट डा. सफिउर रहमानले आगलागीबाट प्रभावित परिवारका सबै सदस्यलाई एक महिनासम्म निःशुल्क उपचार प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा दिँदै सामाजिक कार्यमा समेत अग्रसर पारस हस्पिटल संकटका घडीमा पीडितहरूको उद्धारमा महत्त्वपूर्ण भूमिका खेलेको छ। सामाजिक सेवा तथा गुणस्तरीय उपचारका कारण पारस हस्पिटल एक परिचित नाम बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!