हिपमत डटकम

मंगलबार, चैत्र ०४, २०८१ || 2095  पटक पढिएको

विराटनगर । सुनसरी इटहरीको टीएफसी तालतलैया पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा मंगलबार भएको खेलमा पहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई ४–० गोलले पराजित गर्दै टीएफसी सेमिफाइलनमा पुगेको हो ।

जितको लागि टीएफसीका सनिस लिम्बु, करण सुनवार, निश्चल लामा र निवस फुयलले गोल गरे । जितसँगै फाइनल यात्राको लागि टीएफसीले बिहीबार पहिलो सेमिफाइलन उदयपुरको फ्युजन फुटबल क्लब गाईघाटसँग प्रतिस्पर्धा गर्नेछ ।

एकपक्षीय खेल पस्किएको टीएफसीले खेलअवधीभर कटिहारलाई पुरै दबावमा राखेको थियो । खेलको ३७ औं मिनेटमा टीएफसीका सनिस लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफसम्म १–० गोलले अग्रता लिएको टीएफसीले दोस्रो हाफपछि थप आक्रमक बन्यो । दोस्रो हाफपछि टीएफसीले थप तीन गोल गर्यो । ७४ औं मिनेटमा करण सुनवारले गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो गोल गरेको तीन मिनेट बित्न नपाउँदै निश्चल लामाले ७७ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए । खेलको अतिरिक्त समयमा निवस फुयलले गोल गर्दै टिमको जित सुनिश्चत गरे । खेलको प्लेयर अफ म्याच टिएफसीका कप्तान सविन घिमिरे घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए । बुधबारको खेल आयोजक लालि गुँरास स्पोर्टिङ क्लब रानी मिल्स एरिया विराटनगर र लेटाङ्ग फुटबल क्लब मोरङबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!