काठमाडौँ । नेपाली चलचित्र ‘प्रेमा’ ले अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्महरूमा रिलिज भएर नेपाली सिनेमाको विश्वव्यापी पहुँचमा नयाँ आयाम थपेको छ। यो चलचित्र हङ्गामा गोल्ड, स्टार प्राइम, एयरटेल एक्सस्ट्रिम र अमेजन प्राइम भिडियोमा प्रदर्शन भएको छ, जसले विश्वभरका दर्शकहरूलाई नेपाली सिनेमाको स्वाद दिने अवसर प्रदान गरेको छ।
गोविन्द सिंह भण्डारीद्वारा लिखित र निर्देशित, ‘प्रेमा’ मा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ। विवेक घिमिरे र गोविन्द सिंह भण्डारीद्वारा निर्मित यो चलचित्र बागठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा बनेको हो।विशेष गरी, यो चलचित्र अंग्रेजी उपशीर्षक (सबटाइटल) सहित रिलिज भएको छ, जसले गैर-नेपाली भाषी दर्शकहरूलाई पनि यसको कथा बुझ्न सहज बनाएको छ।