काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज टोखाबाट चीनको केरुङतर्फ लैजाँदै गरेको अवस्थामा करोडौं रुपैयाँको स्रोत नखुलेको विदेशी मुद्रा बरामद गरेको छ। प्रहरीले ट्रक नियन्त्रणमा लिई ३ लाख २० हजार ३८५ अमेरिकी डलर र १३ लाख ७५ हजार युरो बरामद गरेको हो। नेपाली मुद्रामा यसको अनुमानित मूल्य २५ करोड २१ लाख ४४ हजार रुपैयाँ हुन सक्ने कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए।

प्रहरीले बरामद गरेको रकमको गणना भइरहेको र यसको विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जनाएको छ। घटनामा संलग्न केही व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। रकम कसले पठाएको, कहाँ लैजान खोजिएको र यसको उद्देश्य के थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!