हिपमत डटकम

सोमबार, चैत्र ०३, २०८१ || 9908  पटक पढिएको

काठमाडौं ।अभिनेत्री करिश्मा श्रेष्ठ सात वर्षपछि ठूलो पर्दामा फर्किएपछि व्यस्त बनेकी छन्। उनले गत फागुनमा प्रदर्शनमा आएको फिल्म ‘मायावी’ मार्फत कमब्याक गरेकी थिइन्। यद्यपि, फिल्म व्यावसायिक रूपमा असफल भए पनि करिश्माको अभिनयको भने निकै प्रशंसा गरिएको थियो।

अब उनी अभिनीत ‘११:५५’ यही शुक्रबार (चैत ८) देखि प्रदर्शनमा आउँदैछ। यस फिल्ममा उनले पहिले कहिल्यै नगरेको फरक भूमिका निर्वाह गरेकी छन्। ट्रेलर र टिजरअनुसार उनी एक ‘बोल्ड’ क्यारेक्टरमा देखिएकी छन्।
हाल मिडियामा विभिन्न अन्तर्वार्ता दिइरहेकी करिश्माले ‘११:५५’ मा आफ्नो ‘ग्रे’ क्यारेक्टर रहेको खुलासा गरेकी छन्। उनले भनिन्, ‘मैले अहिलेसम्म यस्तो भूमिका निर्वाह गरेको थिइनँ। यो चुनौतीपूर्ण थियो, तर मलाई चुनौती मनपर्छ। दर्शकले मेरो क्यारेक्टर नोटिस गर्नेछन् भन्नेमा म विश्वस्त छु।

करिश्माका अनुसार ‘११:५५’ नेपालमा विरलै बन्ने मर्डर मिस्ट्री फिल्म हो। ११:५५ बजे घटेको एक हत्याको घटना वरिपरि फिल्मको कथा घुमेको उनले खुलाइन्। उनले भनिन्, ‘फिल्ममा सबै क्यारेक्टर फरक छन्, उनीहरू आ–आफ्नै हिसाबले जीवन बाँचिरहेका छन्। तर, अचानक ११:५५ बजे एक हत्या हुन्छ, जसमा सबैजना कुनै न कुनै रूपमा जोडिएका हुन्छन्। त्यसपछि अनुसन्धान सुरु हुन्छ र फिल्म त्यही रहस्यमा केन्द्रित रहन्छ।’
करिश्माले फिल्ममा फरक भूमिका निर्वाह गर्न पाउनु खुशीको विषय भएको बताइन्। ‘मैले अब फिल्म गर्दा नयाँ–नयाँ क्यारेक्टर गर्न चाहन्छु। ‘११:५५’ मा त्यो अवसर पाएँ,’ उनले भनिन्। ‘प्रत्येक १५ मिनेटमा आउने ट्विस्ट दर्शकलाई रोचक लाग्नेछ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!