हिपमत डटकम

आइतबार, चैत्र ०२, २०८१ || 2098  पटक पढिएको

विराटनगर । श्रीहरि सत्संग समिति नेपालको आयोजनामा चैत ५ गतेदेखि ९ गतेसम्म विराटनगरमा वृन्दावनको प्रख्यात रासलीला महोत्सव हुने भएको छ। कार्यक्रम विराटनगरको अतिथि सदनमा हुनेछ। रासलीला महोत्सवमा भारतको वृन्दावनबाट २१ सदस्यीय कलाकारहरूको टोलीले राधाकृष्णको जीवनशैलीमा आधारित कथा प्रदर्शन गर्नेछ।

चैत ५ गते कोशी प्रदेश प्रमुख पर्शुराम खापुङद्वारा महोत्सवको उद्घाटन गरिनेछ। हरेक दिन सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछ । जसमा मारवाडी, थारु, मैथिली र सन्थाल जातिको संस्कृति झल्काउने प्रस्तुतिहरू रहनेछन्।

रासलीला हरेक साँझ ६ बजेबाट सुरु भई ९ बजेसम्म चल्नेछ। कार्यक्रममा सहभागीहरूले दान पेटिकामा रकम राखेर सहयोग गर्न सक्नेछन्।आयोजक समितिले सबै विराटनगरवासीलाई कार्यक्रममा सहभागिता जनाउन र सहयोग गर्न आग्रह गरेको छ।

श्रीहरि सत्संग समितिका अध्यक्ष भिखमचन्द सरलले नेपालमा सनातन हिन्दू धर्मको प्रचार-प्रसार गर्न रासलीला कार्यक्रम आयोजना गरिएको बताए।समितिले यसअघि दुई वटा ‘श्रीहरि रथ’ निर्माण गरी ग्रामीण क्षेत्रहरूमा धार्मिक जागरण फैलाउँदै आएको छ। यसपटक रासलीलाबाट संकलित रकम तेस्रो रथ निर्माणमा प्रयोग गरिनेछ।

श्रीहरि रथमा धार्मिक मूर्तिहरू र दृश्यहरू समावेश गरी धार्मिक शिक्षामा प्रेरित गर्न टिभी स्क्रिन जडान गरिएको छ।ग्रामीण क्षेत्रमा रात्री प्रवास गरी कथा, भजन र कीर्तनमार्फत धर्म र संस्कृति जोगाउन समितिले महत्त्वपूर्ण भूमिका खेलेको छ।

रासलीला कार्यक्रमको संयोजक सुनचाँदी व्यवसायी महेशकुमार साह (स्वर्णकार) र सह-संयोजक घनश्याम काबरालाई जिम्मेवारी दिइएको छ। पत्रकार सम्मेलनमार्फत स्वर्णकारले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।समारोहमा श्रीहरि सत्संग समितिका केन्द्रीय अध्यक्ष भिखमचन्द सरल, कोषाध्यक्ष शिवरतन जोशी, कोशी प्रदेश अध्यक्ष विद्यानन्द माझी, र मोरङ अध्यक्ष ओमप्रकाश अग्रवालको उपस्थिति थियो।

समिति पाँच प्रदेशका १७ जिल्लामा सक्रिय छ। यसले सहभोज, धार्मिक ग्रन्थ वितरण, र सांस्कृतिक प्रतियोगिताजस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। ग्रामीण क्षेत्रमा धार्मिक शिक्षा र धर्मान्तरणविरुद्ध जनचेतना फैलाउन यसको योगदान उल्लेखनीय छ।

 

यो महोत्सवले विराटनगरवासीलाई पुरातन हिन्दू संस्कृतिमा आधारित कथाहरूको अनुभूति गराउनुका साथै सामाजिक, धार्मिक, र सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!