मोरङ। मोरङ र झापाका विभिन्न स्थानहरूबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित ६ जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-१५ मा लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले चेकजाँचको क्रममा धनकुटा शहीदभूमि गाउँपालिका-४ का ३१ वर्षीय शिव राईलाई २ ग्राम ७१ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।
यसैगरी, इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-२ का २५ वर्षीय दीपक तामाङ, २६ वर्षीय मनीष तामाङ, २० वर्षीय रोहन निरौला, २६ वर्षीय मानव लिम्बूलाई १८० क्याप्सुल ट्रमाडोल, ३७० ट्याब्लेट स्पासमिड र ४९ हजार ५ सय रुपैयाँ नगदसहित पक्राउ गरेको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय कुमरखोद झापाले बिर्तामोड नगरपालिका-४ का अभिषेक साहलाई १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ। पक्राउ परेका सबैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।