मोरङ सुनसरी र झापाको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । फागुन २८ गते बिराटनगर महानगरपालिका-५ स्थितमा लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को, २३ प ४१ नम्बरको स्कुटरमा सवार सुनसरी धरान उप-महानगरपालिका-८ का २३ बर्षीय कुबिर राई र २१ बर्षीय समिर राईलाई २ ग्राम ७९० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरी धरान उप -महानगरपालिका-१३ स्थितबाट अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानिय २४ बर्षीय धने राईलाई १ ग्राम २२० मिलिग्राम ब्राउन सूगर सहित पक्राउ गरेको होक भने झापा कनकाई नगरपालिका-४ स्थितबाट इलाका प्रहरी कार्यालय सुरुङगाले स्थानिय ३३ बर्षीय ईन्द्र चौधरी र उनको श्रीमती ३२ बर्षीया ममता चौधरीलाई ८ किलो ४० ग्राम लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।