पथरीशनिश्चरे ।मोरङको पथरीशनिश्चरे नगरपालिकामा ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा स्थानीय तहको भुमिका’ विषयक अनरक्रिया सम्पन्न भएको छ ।ईटहरिस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयको आयोजनामा मंगलबार पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा अन्तरक्रिया आयोजना भएको हो ।
कार्यक्रममा नगर कार्यपालिकाका पदाधिकारीहरु , विद्यालयका अध्यक्ष एवम् प्रधानाध्यापकहरु , वन तथा खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु , स्थानीय तहका कार्यालय प्रमुखहरु र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा आयोगका सुचना अधिकारी समेत रहेका उपसचिव निरज कुमार देवले भ्रष्टाचार नियन्त्रणमा स्थानीय तहको भुमिकाका विषयमा प्रस्तुति राखेका थिए । उनले अख्तियारको कार्यसम्पादन पद्धति , अहिलेसम्मका उपलब्धिहरु र स्थानीय तहका सरोकारवालासंग राखिएको अपेक्षाका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।
नगरप्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सहभागीहरुले राखेको प्रश्नहरुलाई सम्बोधन गर्दै ईटहरिस्थित अख्तियार कार्यालयका प्रमुख सुरेस न्यौपानेले गत वर्ष आयोगमा परेका २८२९ वटा उजुरीहरु मध्ये १४८५ वटा स्थानीय तहमा हुने भ्रष्टाचार सम्बन्धि उजुरि रहेको जानकारी दिए । गतवर्ष मोरङमा मात्रै ५०० वटा भ्रष्टाचारका उजुरीहरु परेको ति मध्ये ४७५ वटा उजुरीको फर्छ्यौट भईसकेको उनले बताए ।
आयोगले भ्रष्टाचार नियन्त्रण र शुसासन प्रवर्द्धनका लागि पालिस्तरमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भ उल्लेख गर्दै न्यौपानेले भ्रष्टाचार निरुपण र सुशासनका लागि सरोकारवाला सबै जागरुक हुनुपर्ने बताए ।
पथरीशनिश्चरे नगरपालिकाकि उपप्रमुख देविमाया काफ्ले , प्रमुख प्रशासकीय अधिकृत शसि राई , ईलाका प्रहरि कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक मोहनबिक्रम दाहाल लगायतको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा स्थानीय तहका सरोकारवालाहरुले कस्तो भुमिका खेल्न सक्छन् भन्ने विषयमा छलफल समेत भएको थियो ।