हिपमत डटकम

मंगलबार, फाल्गुण २७, २०८१ || 740  पटक पढिएको

मोरङ। मोरङ, सुनसरी, झापा र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २६ गते वडा प्रहरी कार्यालय भद्रपुर र लागु औषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा झापा हल्दिबारी गाँउपालिका-१ का ३० का तोयनाथ वास्कोटा, २२ बर्षीय निश्चल खत्रीलाई १ ग्राम २४० मिलिग्राम ब्राउन सुगर सहित र पाँचथर फिदिम नगरपालिका-४ का २० बर्षीय पारस राजवंशीलाई ४ ग्राम ०९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसैगरी मोरङको बेलबारी नगरपालिका-११ स्थितमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह र प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरी टोलिले चेकजाँचको सुन्दरहरैचा-११ का ३५ बर्षीय फिरोज राईलाई ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ, भने इलाका प्रहरी कार्यालय रानीले चेकजाँचको क्रममा उर्लाबारी -७ का २३ बर्षीय अशोक भुजेललाई-६० एम्पुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।

सोही दिन सुनसरीको कोशी गाउँपालिका-८ बाट इलाका प्रहरी कार्यलाय भण्टाबारीले सप्तरी कञ्चनरुप नगरपालिका-७ का २६ बर्षीय राजन ठाकुरलाई SPASMO-PROXYVON PTDS ३२ ,क्यापसुल NITZASCAN-10- ९ ट्याब्लेट र गाँजा ५० ग्राम सहित पक्राउ गरेको छ ।

फागुन २७ गते राती वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले धरान-५ का ५३ बर्षीय प्रेम बहादुर लिम्बु, १९ बर्षीय निकेश लिम्बु, १९ बर्षीया रेजिना खत्री, १९ बर्षीय सुर्य लिम्बु लाई ट्रामाडोल -३ हजार २ सय ९० नब्बे ट्याब्लेट, स्पासपेन-६ सय २ चक्की प्रतिबन्धित औषधी सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका-१२ का २६ बर्षीय ललित चौधरी र २५ बर्षीय बिदायक राईलाई लागू औषध ३०एम्पुल सहित पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय कटारीले धनुषाको धनुषाधाम-५ का ३५ बर्षय शम्भु कुमार साह र महोत्तरी मनरा सिसुवा-१ का ४० बर्षीय दिलिप भुजेललाई टापेन्डाडोल २५१०, स्पास्पेन २४६० र क्याफ डि ३२० ट्रयाव्लेट सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगापालिका-१२ का २२ बर्षीय अर्जुन रोक्कालाई ६९ ट्यावलेट लागुऔषध सहित पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!