हिपमत डटकम

सोमबार, फाल्गुण २६, २०८१ || 518  पटक पढिएको

बिराटनगर।झापा र मोरङबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते मोरङको बिराटनगर-१५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानी (सिमा)बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बेलबारी-११ का २७ बर्षीय विशाल गुरुङ र सुनसरी इटहरीका १९ बर्षीय आर्यन राजधामीलाई १० ग्राम १३१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय सिजुवाले रतुवामाइ-४ का २५ बर्षीय सुरज ताजपुरीया, २६ बर्षीय बिक्रम चौधरी र २६ बर्षीय अशोक गुरुङलाई २०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ, भने प्रतिबन्धित लागुऔषध Pyeevon Spas Plus २८८ ट्याब्लेट सहित बुढीगंगा-५ का २७ बर्षीय मोहमद नवाफलाई इलाका प्रहरी कार्यालय नेमुवाले र झापाको भद्रपुर नगरपालिका-५ स्थित लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले १ ग्राम २ मिलिग्राम ब्राउन सुगर सहित मेचिनगर नगरपालिका-१० का २६ बर्षीय प्रकाश यादव र ३२ बर्षीय साकिर महमदलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!