बीरेन्द्रकुमार साह

आइतबार, फाल्गुण २५, २०८१ || 2137  पटक पढिएको

मोरङ। सामाजिक संगठन मोरङको आयोजनामा सम्पन्न ‘सबैलाई शिक्षा चाहिन्छ, शिक्षाबाट सबैथोक पाइन्छ’ कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले आगामी आर्थिक वर्षदेखि पालिकाका जेहेन्दार ७ जना छात्राहरूलाई स्टाफ नर्स छात्रवृत्ति दिने घोषणा गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापामगरले सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढाई दक्ष जनशक्ति उत्पादन गर्ने पालिकाको उच्च प्राथमिकता रहेको बताए। यस योजनालाई सफल बनाउन अभिभावक, संघसंस्था र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।

शिक्षा क्षेत्रको प्रवर्द्धनका लागि पालिका सक्रिय रहेको बताउँदै उनले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न समुदायको साथ आवश्यक रहेकोमा जोड दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!