हिपमत डटकम

आइतबार, फाल्गुण २५, २०८१ || 3241  पटक पढिएको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादीहरुले आज राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।

पूर्वाराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने कार्यक्रम अन्तर्गत राजसंस्थाको वकालत गर्नेहरुले प्रदर्शन गर्न लागेका हुन् । पूर्वराजा शाहले गण्डकी प्रदेशका विभिन्न ठाउँका मन्दिरको भ्रमण गरेका थिए । साथै उनले पोखराका बनेको स्वर्गीय राजा वीरेन्द्रको शालिक समेत अनावरण गरेका थिए । त्यहाको भ्रमण सकेर उनी काठमाडौं फर्किन लागेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता–कार्यकर्तासहित राजसंस्था पक्षधर आज पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल जाने कार्यक्रम छ । त्यसपछि उनलाई महाराजगञ्जस्थित निर्मल निवास पुर्‍याइने कार्यक्रम रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रमलाई मध्यनजर गरेर आज काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाउने नेपाल प्रहरीले जनाएको छ । करिब १० हजार मानिस प्रदर्शनमा उत्रने प्रहरीको अनुमान छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने लाखौं मानिस उतार्ने लक्ष्य राखिएको जनाएको छ । फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राजसंस्था फर्काउने समय आएको भन्दै साथ दिन अपिल गरेका थिए । त्यसबाट हौसिएर राप्रपालगायत राजसंस्था पक्षधरले राजाको पक्षमा प्रदर्शन गर्दै आएका छन ।

उनीहरुले राजसंस्था पुनस्र्थापनाको माग समेत चर्काउदै लगेका छन् । दलका नेताहरुले राजतन्त्र फर्काउने षड्यन्त्रमा नलाग्न पूर्व राजा र राजावादीलाई चेतावनी दिदै दल खोल्न चेतावनी दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!