आइतबार, चैत्र १६, २०७६ || 1704  पटक पढिएको

बेल्जियममा एउटा बिरालो कोरोनाभइरसबाट संक्रमित भएको फेला परेको छ । कोरोनाभाइरस संक्रमित आफ्नो मालिकबाट बिरालो पनि संक्रमित भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।बेल्जियमको लिज भन्ने ठाउँमा आफ्नो मालिक कोभिड–१९ बाट संक्रमित भएको एक हप्तापछि बिरालोमा पनि यसको लक्षणहरु देखिएको ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरुले जानकारी दिए ।बिरालोमा कोभिड–१९ को संक्रमण भएको यो पहिलो घटना हो । यसअघि हङकङमा दुईवटा कुकुरमा कोभिड–१९ को संक्रमण देखिएको थियो ।‘बिरालोमा झाडापखाला, वान्ता र श्वास प्रश्वासको समस्या देखिएको थियो । अध्ययनकर्ताले बिरोलोको दिसामा कोभिड–१९ को भाइरस फेला परेका थिए,’ प्राध्यापक स्टेभन भान गाउचले भने । बिरालो र उनका मालिकको स्वास्थ्य अवस्थाबारे थप जानकारी दिइएन ।उता, विश्व स्वास्थ्य संगठनले भने कुकुर र बिरालो जस्ता घर पालुवा जनावरले कोभिड–१९ को भाइरस सारेको हालसम्म कुनै प्रमाण फेला नपरेको स्पष्ट पारेको छ । भान गाउचले पनि बिरालोले मानिसलाई संक्रमण गरेको भन्दा पनि मानिसले बिरालोलाई संक्रमति गरेको बताए ।‘यो एउटा पृथक घटना हो,’ उनले बेल्जियन पत्रिकासँग कुरा गर्दै भने, ‘जनावरबाट मानिसमा कोभिड–१९ सर्ने सम्भावना निकै न्यून छ ।’बेल्जियमको नेसनल काउन्सिल फर एनिमल प्रोटेक्सनले पनि जनावारबाट कोभिड–१९ को जोखिम नरहेको बताएको छ ।बेल्जियममा यस भाइरसबाट ९ हजार बढी संक्रमित भएका छन् भने ३ सय ५० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!