हिपमत डटकम

बिहिबार, फाल्गुण २२, २०८१ || 1665  पटक पढिएको

काठमाडौं।तेस्रो कर्णाली चलचित्र कार्यशाला आगामी ४ चैत देखि ९ चैतसम्म कर्णालीको सुर्खेतमा आयोजना गरिने भएको छ । केवी इन्टरटेनमेन्ट प्रा.लि.ले कर्णालीमा तेस्रो पटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागेको हो । गत वर्ष फागुनको २३ देखि २८ गतेसम्म दोश्रो कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो ।

पहिलो र दोस्रो कार्यशालामा चलचित्र सम्बन्धि वेशिक कोर्स सिकेका विधार्थी र अन्य नयाँ विधार्थीहरुलाई यसपटक चलचित्रबारे एडभान्स कोर्षको प्रशिक्षण लिने छन् । आयोजक संस्थाका अध्यक्ष भूपेन्द्र कुमार खड्काका अनुसार यसपटकको कार्यशाला प्रयोगात्मक विशेष हुनेछ ।

‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसावले निकै सुन्दर छ । सांस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं ।’ अध्यक्ष खड्काले भने ।

यो कार्यशलामा यसपटक चलचित्र विकाश बोर्डका अध्यक्ष तथा लोकप्रिय कलाकार, दिनेश डिसी, पूर्व अध्यक्ष एवम् चलचित्र निर्देशक दयाराम दाहालको विशेष कक्षा हुनेछ ।चलचित्र विकास बोर्डका सदस्य एवम् निर्देशक राजु केसीले प्रयोगात्मक सहितको कक्षा लिने छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धि प्रशिक्षण दिने छिन भने छायाँकार निरज कँडेलले छायाँकन सम्बन्धि प्रयोगात्मक प्रशिक्षण दिने छन् । यस्तै फिल्म सम्पादक रुपेश मिजारले कार्यक्रममा फिल्म सम्पादन सम्बन्धि कक्षा लिने भएका छन् । कार्यशालामा सहभागी विधार्थीहरुले तीन वटा बृत्तचित्र र दुई वटा लघू चलचित्र निर्माण गर्ने छन् ।

कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विधार्थीहरुले यो कार्यशालामा भाग दिने भएका छन् । चलचित्र विकाश बोर्डको सहकार्यमा हुने यो कार्यशालालाई नेपाल टेलिकम, नविल बैंक, एनसेलको सहयोग रहने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!