हिपमत डटकम

बुधबार, फाल्गुण २१, २०८१ || 2928  पटक पढिएको

काठमाडौं।अभौतिक मुद्राको कारोबारमा संलग्न १ जना र उनलाई लुटपाट गरेको अभियोगमा ६ जना सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अभौतिक मुद्राको कारोबारमा संलग्न धादिङ खनियाबास गाउँपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-८ ग्रीनल्याण्ड मिलनटोल बस्ने २६ वर्षीय रोशन गुरूङ तथा लुटपाटमा संलग्न प्युठान गौमुखी गाउँपालिका-४ बस्ने ३६ वर्षीय राजेन्द्र बहादुर केसी, बाँके बैजनाथ गाउँपालिका-७ बस्ने ३५ वर्षीय खगेन्द्र मल्ल ठकुरी, खोटाङ रावा बेसी गाउँपालिका-४ बस्ने २४ वर्षीय हिरा मंग्राती, मोरङ सुन्दरहरैंचा
नगरपालिका-२४ बस्ने २४ वर्षीय कपिल बस्नेत, दोलखा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका-६ बस्ने ३१ वर्षीय संजोक तामाङ र मोरङ वेलवारी घर भई हाल विराटनगर महानगरपालिका-३ बस्ने २० वर्षीय मनिस कुमार राय रहेका छन् ।

काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारमा अभौतिक मुद्राको अवैध कारोवार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले रोशनलाई काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारबाट सोमबार पक्राउ गरेको थियो ।

साथै थप अनुसन्धानको क्रममा उनको साथमा रहेको नगद १४ लाख रूपैयाँ लुटपाट भएको भनी खुल्न आएपश्चात लुटपाटमा संलग्न राजेन्द्र बहादुर समेत ६ जनालाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा रोशनले १ अर्ब ८७ करोड ७ लाख १३ हजार १ सय ६२ रूपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गरेको खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!