हिपमत डटकम

मंगलबार, फाल्गुण २०, २०८१ || 3627  पटक पढिएको

विराटनगर।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वस्थ जीवनका लागि नियमित योग गर्नु आवश्यक रहेको बताउनुभएको छ ।पतञ्जली योग महानगर समितिले आयोजना गरेको योग शिविरको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले योगका माध्यमबाट धेरै रोग लाग्नबाट बच्न सकिने धारणा राख्नुभयो । मेयर कोइरालाले भने, ‘नियमित योग गर्दा धेरै किसिमका रोग लाग्नबाट बच्न सकिन्छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो । त्यसका लागि योग गर्नु निकै महत्वपूर्ण छ ।

मेयर कोइरालाले विद्यालय तहदेखि नै योगका कक्षाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । प्रविधिको विकास सँगै मान्छेको जीवनशैलीमा आमूल परिवर्तन आएको चर्चा गर्दै मेयर कोइरालाले भने, ‘राति अबेरसम्म मोबाइल चलाउने र राति ढिलो उठ्नाले मान्छेलाई रोगी बनाइरहेको छ । बिहान छिट्टै उठेर नियमित योग गर्ने हो भने हतपत्त रोगले आक्रमण गर्दैन भन्ने मलाई लाग्दछ ।

पतञ्जली योग समिति र महिला पतञ्जली योग समिति मोरङको समन्वयमा यही फागुन १६ गतेदेखि निःशुल्क योग शिविर सुरु भएको थियो । पाँचदिने योग शिविर मंगलबार सम्पन्न भएको हो । शिविर निकै नै फलदायी भएको समितिकी अध्यक्ष शिल्पा प्याकुरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!