हिपमत डटकम

मंगलबार, फाल्गुण २०, २०८१ || 3770  पटक पढिएको

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा मोरङ र झापा विजयी भएको छ ।वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले इलामलाई १ सय ७६ रनको विशाल अन्तरले पराजित गरेको छ ।

जित पछि मोरङ २ खेलमा ४ अंककासाथ शिर्ष स्थानमा रहेको छ भने इलाम ३ खेलमा १ मा जित २ मा पराजितका साथ २ अंकले चौथो स्थानमा भरेकोे छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाई सय १८ रनको योगफल तयार पारेको थियो । मोरङकालागि सकिव हलले ४५ रन बनाउँदा चिराग साहले ४१, सन्तोष चौधरीले ३७ रन र फिर्दोस अन्सारीले २१ रनको योगदान दिए । इलामका सुयोग भट्टराई, हेमन राई र विशाल आचार्यले २–२ विकेट लिए ।

२ सय १९ रनको लक्ष्य पछ्याएको इलामले १४ दशमलव ४ बलमा सवै विकेट गुमाई ४२ रनमा सिमित भयो । इलामका सन्दिप ढुंगानाले सर्वाधिक १३ रनको योगदान दिए । मोरङका प्लेयर अफ म्याच महबुब बाबु इराकीले ३ विकेट लिँदा मिनस थापाले ३ विकेट लिए ।

मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा झापाले उदयपुरलाई ६ विकेटले पराजित गरेको छ । जित पछि झामा २ खेलमा १ मा जित १ मा पारजित हुँदा तेस्रो स्थानमा उक्लिएको छ भने उदयपुर ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ । टस हारेर जितेर ब्याटिङ गरेको उदयपुले निर्धारित ५० ओभरको खेलमा ४३ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ५१ रनको योगफल बनायो । उदयपुरका आशिष भट्टराईले सर्वाधिक ८१ रनको योगदान दिए । झापाका प्लेयर अफ म्याच समिच कार्कीले ४ विकेट लिँदा सिद्धान्त कुमालले ३ विकेट दिए ।

१ सय ५२ रनको विजयी लक्ष्य पाएको झापाले ३९ दशमलव ५ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । झापाको जितमा दिपु भुजेलले अविजित ५१ रनको योगदान दिँदा सुजन थपलियाले ४३ रनको योगदान दिए । उदयपुरका दिपकराज जोशीले २ विकेट लिए ।लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरगरि ५ टिम सहभागि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!