बारा।यातायात व्यवस्था कार्यालय कलैयाले दैनिक रूपमा सवारी चालक अनुमतिपत्रका लागि लिखित र ट्रायल परीक्षा सञ्चालन गर्दै आएको छ। दैनिक रूपमा सवारी चालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा सञ्चालन गरिएकाले पारदर्शिता कायम हुने विश्वास लिएको कार्यालय प्रमुख दासले जानकारी दिएका छन्।

कार्यालय प्रमुख दासका अनुसार विगतमा एक हप्ता वा दुई हप्तामा सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा सञ्चालन गर्दा परीक्षार्थीको सङ्ख्या धेरै हुने गरेको थियो। जसले गर्दा सवारी चालक अनुमतिपत्रका आवेदकहरू कार्यालयमा तीन दिनसम्म आउनुपर्ने बाध्यता थियो। आवेदकहरूले पहिलो दिन बायोमेट्रिक गर्न आउनुपर्ने, त्यसपछि लिखित र ट्रायलको सूचना जारी भएपछि दोस्रो दिन लिखित परीक्षा दिन र तेस्रो दिन ट्रायल परीक्षा दिन आउनुपर्ने अवस्था थियो।

परीक्षार्थीको सङ्ख्या धेरै हुँदा लिखित र ट्रायल परीक्षा दिन दिनभरि समय लाग्ने भएकाले सेवाग्राहीहरूलाई आर्थिक भारसहित समय पनि लाग्ने गरेको थियो। तर आफू यातायात व्यवस्था कार्यालय बारामा हाजिर भएदेखि नै सेवाग्राहीहरूको हितमा एकै दिन लिखित र ट्रायल परीक्षा सञ्चालन गरेको उनले बताए।

सवारी चालक अनुमतिपत्रका लागि प्रायः दैनिक रूपमा एकै दिन लिखित र ट्रायल परीक्षा सञ्चालन गर्दा परीक्षार्थीको सङ्ख्या कम हुने र सेवाग्राहीहरूलाई सजिलो हुनुका साथै आर्थिक भार पनि कम हुने गरेको छ। यसले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न पनि सजिलो भएको छ। साथै, परीक्षार्थीको सङ्ख्या कम भएकाले पारदर्शिता पनि कायम भएको उनले दाबी गरे।

आफू यातायात व्यवस्था कार्यालय कलैयामा हाजिर भएको करिब डेढ महिनामा एकै दिन लिखित र ट्रायल परीक्षा सञ्चालन गर्दा दुई करोड २४ लाख २२ हजार ९२१ रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी पनि उनले दिए। चालु आर्थिक वर्षको सात महिनामा यातायात व्यवस्था कार्यालय कलैयाबाट जम्मा चार करोड ७९ लाख २५ हजार ४६८ रुपैयाँ राजस्व सङ्कलन भएकोमा उक्त रकम डेढ महिनामा नै सङ्कलन भएको कार्यालय प्रमुख दासले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!