हिपमत डटकम

सोमबार, फाल्गुण १९, २०८१ || 2788  पटक पढिएको

मोरङ ।उदयपुर र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १८ गते इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा चौदण्डीगढी नगरपालिका-७ का १९ बर्षीय सागर बिश्वकर्मा, २१ बर्षीय सन्जोक राई र २१ बर्षीय निशान मगरलाई ट्रामाडोल-१ सय २०, स्पास्पेन-१ सय ट्याब्लेट सहित पक्राउ गरेको छ ।

त्यसैगरी झापाको अस्थायी प्रहरी पोष्ट ताराबारीबाट गस्तिमा खटिएको प्रहरी टोलिले मोरङ उर्लाबारी नगरपालिका -७ का २१ बर्षीय बिजय शर्मा ,२० बर्षीय पुजन गिरी र १८ बर्षीय सुजन सिवालाई ट्रामाडोल-७३ चक्की, स्पास्पेन-८० चक्की सहित पक्राउ गरेको छ । त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-१ का २९ बर्षीय प्रन्नयन तामाङलाई १ ग्राम २ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!