हिपमत डटकम

शनिबार, फाल्गुण १७, २०८१ || 2010  पटक पढिएको

मोरङ। नेकपा (एमाले) मोरङको १०औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा नेकपा (एकीकृत समाजवादी) मोरङका जिल्ला सदस्य पवन झा एमालेमा प्रवेश गरेका छन्। झा पार्टीको जनवर्गीय संगठन सोसलिस्ट इञ्जिनियर एसोसिएसनका केन्द्रीय सचिव तथा नेपाल इञ्जिनियर्स एशोसिएसन (NEA) का निर्वाचित केन्द्रीय सदस्यसमेत हुन्।

एमालेका केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा, एमालेका नेता भानुभक्त ढकाल तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायतले टीका लगाएर औपचारिक रूपमा झालाई पार्टीमा स्वागत गरेका हुन्। सामाजिक कार्यमा सक्रिय झा लामो समयदेखि वामपन्थी राजनीतिमा संलग्न रहँदै आएका थिए। एमाले प्रवेशपछि उनले पार्टीको सिद्धान्त र संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एमाले नेताहरूले झाको आगमनले पार्टीलाई अझ सशक्त बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!