हिपमत डटकम
बिराटनगर,मंसिर २४।
लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले विराटनगरमा ‘इन्टर लियो रनिङ शिल्ड फुटसल कप २०१९’ गर्ने भएको छ ।
सोमवार लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले विराटनगरमा पत्रकार सम्मेलन गरी शिल्ड कप हुने जनाएको हो । लियो क्लव अफ सेन्ट्रल मेघाका सभापति मनोज तिवारीले यही मंसिर २६ गतेदेखी सुरु हुने फुटसल प्रतियोगितामा १६ वटा क्लवको सहभागिता हुने जानकारी दिए ।
विराटनगर स्थित मुनालपथमा रहेको स्पोट्स हवमा हुने फुटसल कपमा सहभागी टिमले दुई हजार पाँच सय प्रवेश शुल्क तिर्नु पर्ने सभापति तिवारीले जानकारी दिए । फुटसल कपमा धरान , इटहरी र विराटनगरका क्लवहरुले सहभागिता जनाउने भएका छन् । फुटसल कपको विजेता टिमले नगद १० हजार नगद सहित सिल, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएका छन् ।
विभिन्न लियो क्लबमा आवद्ध युवाहरुको प्रतिभालाई उजागर गर्दै मैत्रीपूर्ण भावनाको विकासका लागि फुटसल कप गर्न लागीएको आयोजकले जनाएको छ ।