रबिन्द्र बराल

बुधबार, फाल्गुण १४, २०८१ || 997  पटक पढिएको

रतुवामाई। मोरङको रतुवामाई–४ कटगरा स्थित गडिमहराज थानमा शिवरात्रि विशेष पूजा तथा श्री श्री १०८ अष्टयाम महायज्ञ अन्तर्गत ३८ घण्टे भजन कीर्तन सुरु भएको छ।

शिवरात्रिको अवसरमा मङ्गलबार कलश यात्रा निकालेर महायज्ञको औपचारिक शुभारम्भ गरिएको थियो। स्थानीयहरू नुना बक्राह खोलाबाट जल लिएर गडिमहराज थानमा पुगी पूजाआजा गरेका थिए।

गत पुस २३ गते स्थानीय तिलोदेवी गिरिले खेतमा रहेको पुरानो वरको रुखमुनि एक जोडी नाग देखिएको बताएकी थिइन्। त्यसपछि स्थानीयले सो स्थानलाई पवित्र मान्दै पूजाआजा गर्न थालेका थिए। तिलोदेवीले सोही स्थानमा रहेको १० धुर जमिन मन्दिरका लागि दान गरेपछि स्थानीयले चन्दा संकलन गरी सामान्य रूपमा मन्दिर निर्माण गरेका छन्।

शिवरात्रिको अवसरमा तीन दिने मेलाको आयोजना गरिएको छ। रातभर भजन कीर्तन हुने भएकाले शान्ति सुरक्षाका लागि प्रहरी तथा स्थानीय युवाको समूह परिचालन गरिएको आयोजक शिव मुर्मुले बताए। मन्दिर निर्माणका लागि वडा कार्यालय र नगरपालिकालाई सहयोगको लागि आग्रह गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमराज गिरिले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!