हिपमत डटकम

सोमबार, फाल्गुण १२, २०८१ || 2575  पटक पढिएको

कोशी प्रदेश खेलकुद बोर्डद्वारा आयोजित वार्षिक खेलकुद कार्यक्रम यही फागुन १३ गतेदेखि १८ गतेसम्म मोरङ र झापाका विभिन्न स्थानहरूमा आयोजना हुने भएको छ। प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका खेलाडीहरूले एथलेटिक्स, कबड्डी, डोरीतान, सफ्ट टेनिस, कराते, तेक्वान्दो, बुद्धिचाल, बाघचाल, महिला फुटबल, महिला भलिबल, र टेबलटेनिसजस्ता खेलहरूमा सहभागीता जनाउनेछन्।

सामाजिक विकास मन्त्रालयले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेशलाई खेलकुदको केन्द्र (हब) बनाउन प्रतियोगिता आयोजना गरिएको जानकारी गराएको छ।प्रतियोगिताको अनुमानित लागत १ करोड ८० लाख रहेको र उद्घाटन विराटनगर-७ स्थित सहिद रंगशालामा हुनेछ। उद्घाटन कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर बिष्ट प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्।

सामाजिक विकास मन्त्री पाँचकर्ण राईले खेलकुदलाई राजनीति भन्दा माथि राख्नुपर्ने उल्लेख गर्दै यस प्रतियोगितालाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए। उनले भने, “कोशी प्रदेशबाट विश्वस्तरीय खेलाडी उत्पादन गर्नका लागि यो प्रतियोगिता कोशेढुङ्गा सावित हुनेछ। आगामी नेपालका ७ प्रदेशको प्रदेशस्तरीय प्रतियोगितामा कोशी प्रदेशले सबैभन्दा बढी पदक जित्ने मेरो विश्वास छ।”

नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश अध्यक्ष पर्शुराम बस्नेतले यस प्रतियोगितालाई आगामी वर्षदेखि थप व्यापक बनाउने योजना रहेको बताए। यस वर्षको प्रतियोगितालाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको उनले उल्लेख गरे।

फागुन १३ गते सहिद रंगशालामा महिला फुटबल खेलबाट प्रतियोगिता सुरु हुनेछ। समापन कार्यक्रम फागुन १८ गते सहिद रंगशालामै आयोजना हुने र सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्।

यस वार्षिक खेलकुद प्रतियोगिताले कोशी प्रदेशलाई खेलकुदको क्षेत्रमा नयाँ उचाइ प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!