अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले डिजाइन भइरहेकै अवस्थामा यूएसएडका तीन कार्यक्रम रोकिएका छन् । सोमबार अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सञ्चालन गर्न लागेका जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम रोकिएको जनाएको हो ।
अर्थ मन्त्रालयका अनुसार रोकिएका तीनवटै कार्यक्रम डिजाइनको भइरहेको उल्लेख गरेको छ । रोकिएका तीन कार्यक्रमको सम्झौता समेत नभइसकेकाले कुनै सहयोग प्राप्त नभएको मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए।