हिपमत डटकम

सोमबार, फाल्गुण १२, २०८१ || 2484  पटक पढिएको

काठमाडौं।बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपलिका-२५ घर भई काठमाडौं महानगरपालिका-२२ गणबहाल पिपलबोट बस्ने २१ वर्षीय उज्जवल रौनियार र मकवानपुर भीमफेदी गाउँपलिका-२ घर भई काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने ४० वर्षीय संजिव कुमार बल रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत पर्साबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उज्जवललाई काठमाडौं बबरमहलबाट शुक्रबार र जिल्ला अदालत बाँकेबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका संजिवलाई काठमाडौं सुकेधाराबाट शनिबार पक्राउ गरेको हो ।

पक्राउ मध्ये उज्जवललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा र संजिवलाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!