शनिबार, चैत्र १५, २०७६ || 840  पटक पढिएको

लकडाउनले पोखरामा अलपत्र पर्यटक एवम् पर्यटन आबद्ध मजदूरलाई आज हवाइजहाज र पर्यटक बसबाट काठमाडौंँ लैजाने व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर कार्कीले आज श्री एयरलाइन्स र बसबाट काठमाडौँ लैजाने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले शुक्रबार ५८ विदेशी पर्यटक चार्टर जहाजबाट काठमाडौँ गएको र त्यसअघि फ्रान्सेली दूतावासले ५९ जना आफ्ना नागरिकलाई बुद्ध एयर चार्टर गरेर काठमाडाँै लगेको बताउनुभयो । आज श्री एयरलाइन्सले करीब १ ५० जना जतिलाई काठमाडौं लाने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “श्रीका दुई वटा जहाजमा आज पर्यटकलाई काठमाडौँ लगिँदै छ, त्यसैगरी जहाजमा व्यवस्थापन हुन नसकेका, विभिन्न स्थानमा पदयात्रामा रहेर समयमै सम्पर्कमा आउन नसकेका र अन्य पर्यटकलाई पर्यटक बसबाट लैजाने व्यवस्था गरिएको छ ।” कार्कीका अनुसार पोखरामा करीब दुई सय जति विदेशी पर्यटक छन् । ट्रेकिङ्ग एजेन्सिज एशोसियशन पश्चिमाञ्चलका (टान) अध्यक्ष हरि भुजेलले पर्यटक र पर्यटन सम्बद्ध मजदूरलाई लेकसाइडको बाराहीचोकमा बिहान ११ बजे जम्मा हुन विभिन्न सामाजिक सञ्जाल र सम्बन्धित क्षेत्रबाट आह्वान गरिएको बताउनुभयो । भुजेलले भन्नुभयो “अहिले १० ÷१५ जना सम्पर्कमा आउनुभएको छ । हामीलाई प्राप्त जानकारीअनुसार आज बसबाट काठमाडाँै जाने करीब ६० ÷७० जना पर्यटक गाइड र पोटर्र हुनुहुन्छ । ”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!