हिपमत डटकम

सोमबार, माघ २८, २०८१ || 6296  पटक पढिएको

मोरङको रतुवामाई नगरपालिका ५ स्थित गोविन्दपुरमा ३ वर्षअघि स्थापना भएको समर कृषि फर्म अहिले १७ वटा होलेस्टाइन गाईपालन गरेर दैनिक २०० लिटर दूध बिक्री गरिरहेको छ। स्थानीय रमेश मैनाली विगत १० वर्षदेखि परिवारसहित काठमाडौंमा बस्दै आएका थिए। रोजगारीको सिलसिलामा सोलुमा एक नेट कम्पनीको व्यवस्थापक भएर काम गरिरहेका थिए। गाउँमा ८ बिघा खेतीयोग्य जमिन अरूलाई ठेक्का दिएर काठमाडौंमा बस्दै आएका थिए। शहरमा बसेर एकजनाको कमाइले घर खर्च पुर्याउनसमेत समस्या भएपछि सबै परिवारलाई गाउँमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ गाउँमै रहेको ८ बिघा खेती आफ्नो र ४ बिघा खेती लिजमा लिएर उनले गाईपालन सुरु गरेको बताए।

गाईपालनका लागि १ करोड रुपैयाँ खर्च गरेर गाई फर्म सुरु गरेको र अहिले १७ वटा गाई पालिरहेको उनले बताए। सुरुको अवस्थामा यो व्यवसायबाट अगाडि बढ्न सफल हुन्छ कि हुँदैन भनेर चिन्तित भए पनि अहिले आफू केही मात्रामा सफल भएको उनले बताए। अहिले दैनिक २०० लिटर दूध जीवन विकास संस्थाले खरिद गरेर लैजाने र केही गाउँघरमा समेत खपत हुने गरेको उनले बताए। दूध बिक्री वितरणमा खासै समस्या नभए पनि दूध खरिदकर्ताले दूधको मूल्य तीन महिनाको रकम ढिलो दिँदा आफूहरूलाई समस्या हुने गरेको बताए।

सरकारले सही कृषकहरूको पहिचान गर्न नसक्दा केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले झोलामा बोकेर हिँडेका कृषकहरूलाई अनुदान दिने र नेताहरूको चाकडी गर्नेहरूलाई प्रत्येक वर्ष अनुदान दिने गरेको आरोपसमेत लगाएका छन्। रतुवामाई नगरपालिकामा रहेको कृषि शाखासमेत गाईपालन कृषकहरूको घरमा आएर गाईको रोगको परीक्षण तथा अन्य कुनै पनि समस्याका विषयमा अहिलेसम्म बुझ्न नआउने गरेकोसमेत बताए।

आफूहरूले गाउँ छाडेर काठमाडौंमा विगत १० वर्ष बिताएको तर पुनः गाउँमै फर्केर केही गरौं भनेर गाईपालन पेसामा लागेको र अहिले आफूहरू सबै परिवार खुसी नै रहेको व्यवसायसमेत राम्रो भएको र आफूले स्नातकोत्तर सकेर रोजगारी नपाएपछि आफ्नै पेसामा लागि परेको मञ्जु घिमिरेले बताइन्।

अहिले उनीहरूले आफ्नै खेतमा घाँस, मकै लगाएर थप व्यवसायलाई अगाडि बढाएको र खेतमासमेत अन्य रासायनिक मलहरूभन्दा गाईको गोबरबाट खेतमा हालेर मकै लगायत अन्य बालीहरूसमेत लगाउँदै आएको बताए। अहिले गाईको दूध बिक्री गरेर मासिक सबै खर्च काटेर मासिक १ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!