हिपमत डटकम

शुक्रबार, माघ २५, २०८१ || 14151  पटक पढिएको

सुनसरी।सुनसरीको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा बोकेको २ वटा सवारी साधन र एउटा मोटरसाईकल प्रहरीले प्रहरीले नियन्त्रणमा लिएको छ । माघ २४ गते बिहान ३ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चिमडी र इलाका प्रहरी कार्यालय हरीनगरबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेको HR70E9502 नम्वरको स्कारपिओ गाडी रोक्न खोज्दा नरोकी भागए पछि देवानगंज-७ स्थितमा अनियन्त्रित भई सडक भन्दा १० फिट तल झरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उक्त स्कारपियोबाट १० बोरा गाँजा, सोही स्थान नजिक रहेको ४ पोका गाँजा समेत (२९६ किलो ८५० ग्राम) र प्रदेश २-०३-००९ प ०९९७ नम्वरको मोटरसाईकल बरामद गरेको थियो । यसै गरी २४ गते बेलुका इटहरी उप-महानगरपालिका-१७ स्थितबाट ट्राफिक समेतको सयुक्त चेकिङ टोलिले चेकजाँचको क्रममा बा. २ च ३४६५ नम्वरको टाटा सफारी गाडीमा ८ पोका (२ सय ३० किलो १५० ग्राम) गाँजा बरामद गरेको छ भने सोही दिन राती कोशी गाउँपालिका-३ स्थित नेपाल भारत सिमा नजिकमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले २ वटा वोरामा ४६ किलो ५६० ग्राम गाँजा बरामद गरेको थियो । बरामद भएका गाँजा र सवारी साधनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा आवश्यक कानूनि कारवाही भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!