बारा।प्रसौनी गाउँपालिका-२ प्रसौनी बजारबाट अवैध लागूऔषध गाँजा करिब ९ किलो २ सय ४१ ग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीया रम्भा देवी मुखिया, ३८ वर्षीय जोगिन्द्र मुखिया र पर्सा बिन्दबासिनी गाउँपालिका घर भएकी ६० वर्षीया ममता देवी मुखिया रहेका छन् ।
इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले रम्भा देवीलाई ३ किलो १ सय ४१ ग्राम, जोगिन्द्रलाई २ किलो ६ सय ४३ ग्राम र ममता देवीलाई ३ किलो ४ सय ५७ ग्राम गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।