हिपमत डटकम

बुधबार, माघ २३, २०८१ || 1260  पटक पढिएको

विराटनगर ।धोनी र एक्स्ट्रा ब्रान्डले नेपाली उपभोक्ताका लागि विशेष उपहार योजनासहित ‘लुगा चमचम, गोजी छम छम’ स्किम ल्याएको छ। यस आकर्षक योजनाले उपभोक्ताहरूमाझ ठूलो उत्साह सिर्जना गरेको छ।

यो योजना अन्तर्गत १०० रुपैयाँभन्दा माथिको धोनी वा एक्स्ट्रा डिटर्जेन्ट पाउडर खरिद गर्ने ग्राहकले प्रोडक्ट भित्रै विशेष कुपन प्राप्त गर्नेछन्। भाग्यशाली विजेताहरूले १ ग्राम सुनको सिक्का, ५ ग्राम चाँदीको सिक्का लगायत विभिन्न उपहारहरू जित्न सक्नेछन्। उपहारहरू नजिकैको पसल वा वितरकमार्फत प्राप्त गर्न सकिन्छ।

भर्खरै सम्पन्न भएको विराट एक्स्पो २०२५ मा विराटनगर स्थित जतुवा निवासी राम राजवंशी र पाँचाली निवासी रमेश आचार्यले ५ ग्रामचाँदीको सिक्का जित्न सफल भएका थिए भने कटहरी निवासी वर्षा राजवंशीले १ ग्राम सुनको सिक्का जित्न सफल भएकी थिइनँ।

कम्पनीका अनुसार उपहारमा लाग्ने सरकारी कर विजेताले आफैं व्यहोर्नु पर्नेछ। यो विशेष योजना ग्राहकहरूलाई मात्र नभई नेपाली बजारलाई पनि थप उत्साहित बनाउने विश्वास कम्पनीले लिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!