झापा । झापाको कनकाई नगरपालिका-४ स्थितबाट लागूऔषध ओसार पसारमा संलग्न रहेका २ जनालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
माघ २२ गते बेलुकी साढे ६ बजे लागुऔषध ओसार पसार भईरहेको भन्ने विशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका-४ स्थित कुमरखोद-सुरुङगा भित्री सडक खण्डमा चेकजाँचको क्रममा २ जना सवार रहेको BR37AA8498 नम्वरको मोटरसाईकललाई संका लागी रोक्न खोज्दा नरोकी भगाए पछि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
खुट्टामा गोली लागी घाईते भएका मोटरसाईकल चालक भारत बिहार डिगल बैंकका २८ बर्षीय अन्जर आलमको प्रादेशिक अस्पताल भद्रपुरमा प्रहरीको निगरानीमा उपचार भईरहेको छ भने बरामद भएको ३० ग्राम ६९० मिलिग्राम ब्राउनसुगर र मोटरसाईकल पछाडि सवार रहेका उनका भाई १९ बर्षीय युसुब आलमलाई नियन्त्रणमा लिएको छ ।
ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यलय अनारमनीबाट थप अनुसन्धान तथा कानूनि कारवाही भईरहेको छ ।