हिपमत डटकम

सोमबार, माघ २१, २०८१ || 5390  पटक पढिएको

विराटनगर । झापा र मोरङबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २० गते झापाको झापा गाउँपालिका-४ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको साईकल यात्री कन्काई नगरपालिका-५ का ३५ बर्षीय चिरञ्जीवी भुजेल, ३८ बर्षीय सुरेश ऋषिदेवलाई १ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी मोरङको बिराटनगर-१७ स्थितबाट बा. ८५ प ४६१६ नम्बरको मोटरसाईकलमा सवार रहेका सुनसरी धरानका २८ बर्षीय रोहित लिम्बु र धनकुटा राजारानीका २६ बर्षीय दिपक लिम्बुलाई १ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!