हिपमत डटकम

बिहिबार, माघ १०, २०८१ || 3746  पटक पढिएको

काठमाडौं।चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० ग्राम सहित भारत घर भएका ३७ वर्षीय गोबिन्द बालालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०१-००६ ख ४७९६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा चन्द्रागिरी नगरपालिका-११ बस्ने २६ वर्षीय रमन महर्जन र धादिङ थाक्रे गाउँपालिका-११ बस्ने ३८ वर्षीय बिनोद तामाङको समेत संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनीहरूलाई बा.५१ प ७५५८ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!