रबिन्द्र बराल

सोमबार, माघ ०७, २०८१ || 2099  पटक पढिएको

सप्तरीको दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा आइतबार विपद् व्यवस्थापन तालिम सम्पन्न भएको छ। योसँगै सशस्त्र प्रहरी बल, नेपालको ५३औँ विपद् व्यवस्थापन टोली तयार भएको छ।

बरमझियास्थित शिक्षालयको प्राङ्गणमा भएको यस कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा कन्चनरुप र हनुमाननगर नगरपालिकाका प्रमुख, विकास अधिकारी, स्थानीय बुद्धिजीवी र समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो। प्रशिक्षार्थीहरूले भूकम्प, आगलागी, खोचमा फसेका व्यक्तिको उद्धार, र्‍याप्लिङ, प्राथमिक उपचार जस्ता विपद् व्यवस्थापनसम्बन्धी कृत्रिम अभ्यासहरू प्रदर्शन गरेका थिए।

११ हप्ता लामो यस तालिममा ४८ जना सशस्त्र प्रहरी कर्मचारीहरूले भाग लिएका थिए। उनीहरूलाई प्राथमिक उपचार, भत्किएका संरचनामा खोज तथा उद्धार, शव व्यवस्थापन, आगो निभाउने विधि, डोरीको सहायताले उद्धार, हवाई तथा सडक दुर्घटना, बाढीपहिरोबाट हुने क्षतिबाट उद्धार, र विपद् पछिको उद्धार, राहत र पुनर्स्थापना जस्ता विषयहरूमा प्रशिक्षण दिइएको थियो।

तालिममा उत्कृष्ट प्रदर्शन गर्ने सशस्त्र प्रहरी नायव उपरीक्षक सितल श्रेष्ठलाई पुरस्कृत गरिएको थियो भने सबै सफल प्रशिक्षार्थीहरूलाई विपद् उद्धारकको परिचय दिने कुम चिन्ह प्रदान गरिएको थियो। प्रमुख अतिथि धौवजीले सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै आएको र विपद्को समयमा सशस्त्र प्रहरी बलको नाम जनमनमा गहिरोसँग बसेको बताउनुभयो। उहाँले तालिम प्राप्त प्रशिक्षार्थीहरूलाई विपद्को समयमा उत्कृष्ट ढङ्गले काम गर्न निर्देशन दिनुभयो।

स्थानीय तहका प्रमुखहरूले सशस्त्र प्रहरी बलले विपद् सम्बन्धी जनचेतना जगाउने र उद्धार तथा पुनर्स्थापनाको काममा उत्कृष्ट सहयोग गर्दै आएको बताएका थिए। तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्रबहादुर कार्कीले यो तालिमबाट विपद् व्यवस्थापनमा खटिने दक्ष जनशक्ति तयार भएको र भविष्यमा उनीहरूबाट उत्कृष्ट सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले विपद् व्यवस्थापन तालिमकै लागि शिक्षालय प्राङ्गणमा ३० फिट अग्लो र्‍याप्लिङ क्लाइम्बिङ टावर निर्माण गरिएको जानकारी गराउनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!