बिराटनगर।जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहलाई नेपाल सरकारका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट उत्कृष्ट जनप्रतिनिधिको अवार्ड प्रदान गरिएको छ। साहको इमान्दारिता र जनताप्रतिको सेवाको उच्च मूल्यांकन गर्दै कोशी प्रदेशकै लोकप्रिय न्यु सृष्टि दैनिकले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा उनलाई यो अवार्ड प्रदान गरेको हो।
अवार्ड ग्रहणपछि अध्यक्ष साहले यो सम्मानले आफूलाई थप जिम्मेवारीबोध गराएको बताएका छन्। “जहदा गाउँपालिकालाई देशकै उत्कृष्ट गाउँपालिका बनाउने मेरो लक्ष्य हो, र यस दिशामा निरन्तर कार्यरत छु,” उनले भने।
स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यका लागि यसअघि पनि जहदा गाउँपालिकाले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट विशेष सम्मान पाइसकेको उल्लेख गर्दै साहले सेवा र विकासमा अझ प्रभावकारी योजनाहरू अघि बढाइने बताएका छन्।