हिपमत डटकम

सोमबार, पौष २९, २०८१ || 2379  पटक पढिएको

न्युरो अस्पताल, बिराटनगरले रंगेली नगरपालिका वडा नं १ बबिया बिर्तामा रहेको जनप्रिय मा.बि. मा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । नेपाल क्षयरोग निवारण संस्था, गणेशमान सिंह फाउण्डेशन, तोरेन्द्र मान सिहं फाउण्डेशन, ,लायन्स क्लब अफ बिराटनगर, रंगेली नगरपालिका लगायतको संघ संस्थाहरुसँगको सहकार्यमा आयोजना गरिएको उतm शिविरमा गोल्छा आखाँ अस्पतालको पनि सहभागिता रहेको थियो ।

न्युरो अस्पतालका बरिष्ठ बिशेषज्ञ न्युरो सर्जन डा. सुनिल कुमार दास, बरिष्ठ बिशेषज्ञ न्युरोलोजिष्ट डा. सुनन्द पौडेल, बरिष्ठ न्युरो सर्जन डा. आशिष जंग थापा, बरिष्ठ बिशेषज्ञ गाइनेक्लोजिष्ट डा. निशा अधिकारी, बरिष्ठ बिशेषज्ञ रेडियोलाजिष्ट डा. पन्नालाल साह, बरिष्ठ बिशेषज्ञ ग्यास्ट्रोलोजिष्ट डा. भुवनेश्वर यादव, बरिष्ठ युरो सर्जन डा. पुरुषोत्तम पराजुली, बरिष्ठ हाड जोर्नी रोग बिशेषज्ञ डा. अमित देब, बरिष्ठ बाल रोग बिशेषज्ञ डा. सुरेश प्रसाद साह, बिशेषज्ञ जनरल सर्जन डा.प्रज्वल खतिवडा, बिशेषज्ञ जनरल फिजिसियन डा. सागर कुमार साह, बिशेषज्ञ जनरल फिजिसियन डा. रमाकान्त राँय, बरिष्ठ छाला रोग बिशेषज्ञ डा. समित रे, बरिष्ठ दन्त रोग बिशेषज्ञ डा. अमित प्रताप साह, मेडिकल अफिसरहरु डा. सन्तोष यादब , डा. आश्मा कमारी यादब, डा. सावन कुमार झा, डा. कुमुद निरौला, डा. बिप्लब ठाकुर लगायतका चिकित्सकीय टोलीले बिरामीहरुको स्वास्थ्य जाँच गरेको थिए ।

५०० भन्दा बढी बिरामीहरुले स्वास्थ्य जाँच गरेको शिविरमा ५४ जनाको भिडियो एक्सरे, ३३ जनाको इसिजी, ४५० जनाको सुगर जाँच गरिएको थियो । त्यसैगरि शिविरमा आएका बिरामीहरुलाई औषधी पनि निःशल्क बाडिएको थियो । शिविरमा देखाएको पुर्जाको आधारमा थप उपचारको लागी न्युरो अस्पतालमा देखाउदा सम्पुर्ण ओपिडी निःशुल्क, सम्पुर्ण जाँचमा २५ ५ तथा अन्य सबै सेवामा १५५ छुटको व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ ।

बहुआयामिक सेवा प्रदान गर्दे आएको न्युरो अस्पतालले विभिन्न अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रमहरु आयोजना गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!