हिपमत डटकम

सोमबार, पौष २९, २०८१ || 1788  पटक पढिएको

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा लाग्ने कोशी मेलामा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । सुनसरी र सप्तरीको बीचमा पर्ने कोशी ब्यारेजमा प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमाको दिन मेला लाग्ने गर्दछ ।

यसैगरी, जिल्लाको हनुमाननगर, कुनौली, सप्तकोशी नगरपालिका–६ स्थित म्याग्जिन चौरिया, कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित कनकट्टासहित कोशी नदी बग्ने अधिकांश स्थानमा आज कोशी स्नान र मेला भर्नेहरुको घुइँचो लागेको छ ।

सप्तरीको १८ पालिकामध्ये कोशी क्षेत्रअन्तर्गत रहेका अधिकांश पालिकाले आज स्थानीय बिदा दिएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–२ का दिनेशकुमार राउतले ‘कोशी स्नान गरे पापबाट मुक्ति पाउने तथा गङ्गास्नान गरेसरह हुने’ जनविश्वास रहेको बताए । यस दिन बिहान कोशी नदीमा नुहाएर मिठोचोखो खाने कुराहरु खाने चलन छ । कोशी स्नानपछि भुजा, च्युरा, पुरी, तरकारी, जेरीसहितका मिठाईहरु खाने प्रचलनसमेत छ ।

कोशी नदीलाई कौशिका माताका रुपमा पूजा गर्ने चलनअनुसार यस दिन कोशीमा नुहाएर खानेकुरा खाए हरेक इच्छा पूरा हुने जनविश्वास रहेको स्थानीय बुढापाकाहरू बताउँछन् । रोशनकुमार कर्णले कोशी मेलालाई कृषि मेलाका रुपमा समेत चिनिने कोशी मेलामा कृषि औजारका साथै घरेलु औजार (हस्त निर्मित सामग्री)हरुको खरिद–बिक्री हुने गरेको छ ।

यो मेलामा सप्तरीको सप्तकोशी, हनुमाननगर कङकालिनी र राजविराज नगरपालिकासहित सुनसरीको कोशी गाउँपालिका र भारतको विहार राज्यको सुपोल जिल्लाका भक्तजन मेला भर्नेहरु आउने गर्दछ । रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!