हिपमत डटकम

शुक्रबार, पौष २६, २०८१ || 2251  पटक पढिएको

बिराटनगर । ईलाका प्रहरी कार्यालय धरानबाट कोमल ठाकुरको नेतृत्वमा खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका वडा नं. ८ स्थित कुमार खत्रीको घरमा डेरा गरी बस्ने हरीनगर गाउँपालिका वडा नं. ४ का ३९ वर्षीय अरसद अन्सारी र भुटहा २ का ४५ वर्षीय जियाउल अन्सारीलाई पक्राउ गरिएको हो।

प्रहरीले गोप्य सूचनाको आधारमा छापा मारेको थियो। पक्राउ परेका दुवै जनाको डेरा कोठामा खानतलासी गर्दा खाटमुनी लुकाइएका दुईवटा झोलाबाट ट्रामाडोल हाइड्रोक्लोराइड (TCL) लेखिएको ४२,६०० क्याप्सुल बरामद गरिएको छ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। प्रहरीका अनुसार यो घटनाले लागुऔषध कारोबारको ठूलो जालोको संकेत गर्न सक्ने भएकाले अनुसन्धानलाई तीव्रता दिइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!