पथरी शनिश्चरे। पथरीशनिश्चरे नगरपालिकामा कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक ३० कार्य दिनको सेवाकालीन प्रशिक्षण कार्यक्रमको समापन भएको छ । आज पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो प्रशिक्षणको समापन भएको हो । प्रमुख तुम्वापोले पथरी शनिश्चरे नगरपालिकामा ३० कार्य दिनको सेवाकालीन प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरू र प्रशिक्षकलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षतामा भएको सो प्रशिक्षण कार्यक्रम मंसिर २० गतेबाट सञ्चालन भएको थियो । कार्यक्रमको समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत राईले कर्मचारी नेता होइन कर्मठ कर्मचारी भएर काम गर्न सबैलाई अनुरोध गर्नुभयो ।

समापन कार्यक्रममा सहभागीको तर्फबाट तुलशा लकान्द्री र रोशन पोख्रेलले तालिमको विषयमा आफ्ना कुरा राख्नुभएको थियो । स्थानीय तहमा कार्यरत सहायकस्तर चौथो तहका कर्मचारीहरुको लागि आयोजना गरिएको थियो । कार्यक्रम स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावाखेल ललितपुरको आयोजना र पथरी शनिश्चरे नगरपालिकाको समन्वयमा सञ्चालन भएको थियो ।

सो कार्यक्रमको प्रशिक्षार्थीको रुपमा पथरी शनिश्चरे नगरपालिका, लेटाङ नगरपालिका, उर्लाबारी नगरपालिका र सुनवर्षी नगरपालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । सो प्रशिक्षण तालिमको सहजकर्ता दिपक थापा र सन्तलाल श्रेष्ठले गर्नुभएको थियो । अन्त्यमा प्रशिक्षार्थीको तर्फबाट प्रशिक्षकद्वयलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
hipamatmedia@gmail.com

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!