हिपमत डटकम

मंगलबार, पौष २३, २०८१ || 7633  पटक पढिएको

मोरङ।मोरङको पथरीशनिश्चरे १० स्थित जिरिखिम्तीमा मानव वस्तिको विचमा राख्न लागिएको अस्पाल प्लान्टको चौतर्फी विरोध भएपछि त्यहाँबाट हटाईने भएको छ ।मानव स्वास्थलाई असर पर्नेगरी वस्तिको बिचमा अस्पाल प्लान्ट राखिएकोबारे स्थानीयले विरोध गरेपछि विभिन्न मिडियामा उक्त समाचार प्रकाशन भएको थियो ।

प्लान्टले मानव स्वास्थ्यमा गम्भिर असर परेको बारे विभिन्न विभिन्न मिडियामा प्रकाशन भएपछी उक्त स्थानमा प्लान्ट नराखिने भएको हो । सोहि समाचारको प्रभावले प्लान्ट नराखिने भएको काँकडभिट्टा – लौकहि सडक विस्तार आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिए ।

स्थानियवासिको स्वास्थ्यमा गम्भिर प्रकारको असर पर्ने गरि अस्पाल प्लान्ट राख्ने तयारी थालेपछि स्थानीयले सञ्चारमाध्यम गुहारेका थिए । सोहि समाचार सोमवार विभिन्न मिडियामा प्रकाशन भएको थियो ।आयोजना प्रमुख प्रजापतिसँग सम्पर्क गर्दा उनले भने ‘लिखित रुपमा नआएपनि मिडियाको दवावले सो ठाउँमा प्लान्ट नराख्न माथिल्लो निकायको सल्लाह आएको छ, अव उक्त वस्तिमा प्लान्ट नराखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!