बिराटनगर। चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्ग्ये काउन्टीमा आज बिहान ६ः५० बजे ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
चिनियाँ समाचार संस्था सीजीटीएनका अनुसार भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ। थप विवरण आउने क्रममा रहेको जनाएको छ।
यस भूकम्पले क्षेत्रीय जनजीवन र भौतिक संरचनामा ठूलो प्रभाव पारेको अनुमान गरिएको छ। उद्धार तथा राहत कार्य तीव्र रूपमा भइरहेको जनाइएको छ।