मोरङ । बिराटनगर महानगरपालिका-१३ स्थित कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन् ।
सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट बिराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई उक्त सुन गोहोरो सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी डिभिजन वन कार्यालय मोरङ पठाइएको छ ।