रामकुमार परियार

सोमबार, पौष २२, २०८१ || 2257  पटक पढिएको

मोरङ । पौष २४ गतेबाट सञ्चालन हुने नेपाली कांग्रेस कोशी प्रदेशको ‘कचनाकवल – सगरमाथा जागरण अभियान’ को सम्पुर्ण तयारी पूरा भएको छ । नेपाल कै होचो भु-भाग झापाको कचनाकवलमा बुधबार उद्घाटन हुने अभियानको सम्पुर्ण तयारी पूरा भएको कोशी कांग्रेसका प्रवक्ता यदु विष्टले जानकारी दिए ।

संगठन सुदृढीकरण , ऐतिहासिक खोज ; सम्वृद्दीका आधार र जलवायु परिवर्तनको मुख्य उद्देश्य सहित सञ्चालन गर्ने अभियानको उद्घाटन समारोहमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा , पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहित केन्द्रिय नेताहरुको उपस्थिति रहने प्रवक्ता विष्टले बताए ।

उद्घाटन समारोहमा कोशी कांग्रेस स्वास्थ विभाग र ॐ साई पाथिभरा हस्पिटलको सहयोगमा निशुल्क स्वास्थ शिविर सञ्चालन हुनेछ भने नेविसंघ र तरुण दलको संयोजनमा रक्तदान आयोजना गरिने उनले बताए । कार्यक्रममा सबै केन्द्रिय सदस्यहरुले शान्तिको प्रतिकका रूपमा परेवा उडाउने छन् भने  कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरुले सगरमाथा र तराईको प्रतिकका रुपमा सेतो र निलो बेलुन उडाउने बताईएको छ ।

उद्घाटन समारोहमा २०२८ सालको वामपन्थी आन्दोलन , झापा आन्दोलन र माओवादीको ससस्त्र युद्द सहित विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाउने सहिदहरु बुटन चौधरी , गोपाल टुडु , उत्तरकान्त चौधरी , विश्वनाथ घिमिरे , राम आचार्य , श्यामसुन्दर यादव , सुरज विश्वास लगायतको परिवारलाई सम्मान गरिने बताईएको छ ।

सात महिना सञ्चालन हुने जागरण अभियान प्रत्येक महिना २ जिल्लामा उक्त जिल्लाको पहिचान र विशेषताका आधारमा सञ्चालन हुने र असार २० गते सगरमाथाको आधार शिविरमा समापन हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!