बीरेन्द्रकुमार साह

सोमबार, पौष २२, २०८१ || 294  पटक पढिएको

बिराटनगर। जनमत पार्टीले मधेश केन्द्रित दलहरुबीच सहकार्य र मोर्चाबन्दीको पहल गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ।

पार्टीको केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा. शरदसिंह यादव रहेको कार्यदललाई दलहरुबीच संवाद र सहकार्यलाई अघि बढाउने जिम्मेवारी दिइएको छ। पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार संविधान संशोधनलगायतका मुद्दामा साझा धारणा बनाउन मोर्चाबन्दीका लागि कार्यदल गठन गरिएको जनमत पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि आइतबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि कार्यगत एकता र समान राजनीतिक सिद्धान्त भएका दलहरूसँग पार्टी एकीकरणका लागि समिति गठन गरेको थियो।

मधेश केन्द्रित दलहरुबीचको सहकार्यलाई तिव्रता दिन जनमत पार्टीको यो कदमलाई महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!