बिराटनगर । सुनवर्षी–९: बी.पी. कोइराला सेवा केन्द्र सुनवर्षी-९ को ११औं साधारण सभा सफलतापूर्वक सम्पन्न भई नयाँ कार्यसमिति चयन गरिएको छ। साधारण सभाले रामानन्द साहको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्दिय सदस्य तथा प्रदेश सभा सदस्य भिम पराजुलीले कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे।
नयाँ कार्यसमितिमा रामानन्द साह अध्यक्षमा निर्वाचित भएका छन् भने रबिन राई उपाध्यक्षमा चयन भएका छन्। भोजराज कटेल सचिव, सुरेन्द्र प्रसाद सिंह कोषाध्यक्ष र कालि प्रसाद दास, चैतु लाल राजबंशी, कमल किशोर सिंह, नारायणी देवी पण्डित, भुल बहादुर कार्की, श्याम नारायण मण्डल, र जानकी देवी दास सदस्यमा निर्वाचित भएका छन्।
त्यसैगरी, शिवनारायण सिंह, नागेश्वर प्रसाद सिंह, र खडग बहादुर चोडबाडलाई सल्लाहकारका रूपमा मनोनित गरिएको छ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई बधाई दिँदै, साधारण सभामा सहभागीहरूले केन्द्रका गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरेका छन्। आगामी कार्यकालमा सेवा केन्द्रले सामुदायिक हितका विभिन्न कार्यक्रमहरू संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा सदस्यहरू, र शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति थियो।