हिपमत डटकम

आइतबार, पौष २१, २०८१ || 723  पटक पढिएको

विराटनगर। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस २१ गते कोशी प्रदेश प्रहरी गणको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षणको क्रममा वँहाले कार्यरत प्रहरी कर्मचारीहरु, सम्पुर्ण शाखाहरु, मेष, ब्यारेक लगायतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा वँहाले

प्रहरी कर्मचारीहरुले सैद्धान्तिक र व्यावहारिक रुपमा हासिल गरेका ज्ञान र सिपलाई समय सापेक्ष कर्तव्य निष्ठ भई उच्च मनोवलका साथ व्यावसायिक तवरबाट कार्य सम्पादन गर्न तथा अनुशासित र चेनअफ कमाण्ड अनुसार सांगठानिक नीति र निर्देशनको पालना गरी आफ्नो पदिय दायित्व अनुसार सुम्पिएको जिम्मेवारी बहन गर्न निर्देशन दिनु भयो ।

निर्देशनकै क्रममा वहाँले प्रहरी जनताको जिउ धनको सुरक्षाको निम्ति खटिने संगठन भएकोले जुनसुकै बेला हुन सक्ने सम्भावित खतरा, विपद, हुलदंगा लगायत सुरक्षाका चुनौतीहरुमा परिचालन हुनको निम्ति शारिरिक तथा मानसिक रुपमा तयारी अवस्थामा रहन  निर्देशन दिनु भयो । यसका साथै प्रदेश प्रहरी प्रमुख अधिकारीले प्रहरी कर्मचारीहरुबाट हुने गैर जिम्मेवार र आचरण विपरितका कार्यमा क्षम्य नहुने समेत बताउनु भयो ।

वहाँले भिड नियन्त्रणको क्रममा प्रहरी घाईते हुँदा पनि नागरिलाई सुरक्षा प्रदान गरी समाजमा शान्ती सुरक्षा र अमन चयन कायम राख्न अहम भुमिका निर्वाह गर्दै आईरहेको उल्लेख गर्दै त्यस्तो अवस्थामा प्रहरीले जनतालाई विशेष प्राथमिकतामा राखेर सम्यमित भई जनधनको क्षेती हुन नपाउने गरी शान्ती सुरक्षा कायम राख्नु प्रहरीको कर्तव्य रहेको बताउदै यस्तो सराहनिय कार्यले सदैव सर्वत्र प्रशंसा भई संगठनको छवि उच्च हुने विश्वास दिलाउनु भयो  ।

निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी गण रानी विरानगरका गणपति प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले गणको जनशक्ति परिचालन, दैनिक कार्य तालिका तथा सम्पादित कार्यहरुका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो भने प्रदेश प्रहरी प्रमुख अधिकारीले कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!