सुनसरी ।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । पुस १९ गते दिउँसो निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु, ट्राफिक व्यवस्थापनमा प्रयोग गरिने सामग्रीहरुको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नु भएको थियो ।
निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख अधिकारीले कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनको क्रममा ट्राफिक प्रहरीको मुख्य काम सवारी दुर्घटना न्यूनिकरण भएकोले यसलाई प्राथामिकतामा राखि सवारी दुर्घटना न्युनिकरणको लागी सवारी चालक, पैदल यात्रीहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण प्रदान गर्न तथा आफुलाई दिएको जिम्मेवारी कुसल र अनुशासित तवारले निर्वाह गरी सवारी दुर्घटनाबाट जन धनको क्षेति हुन नपाउने गरी प्रविधिको प्रयोग गरेर ट्राफिक व्यवस्थापन मिलाउन सम्पुर्ण प्रहरी कार्मचारीहरुलाई निर्देशन दिनु भयो ।
ट्राफिक प्रहरीले प्रदान गर्ने सेवा र सुरक्षा प्रवाहमा आम नागरिकमा प्रहरी प्रति विश्वास बढ्ने किसिमले आफ्नो जिम्मेवारीको बोध हुने गरी सेवा ग्राहीमा शिष्ट सभ्य भाषाको प्रयोग गरी अनुशासित तवरले आफ्नो आचरण व्यवहारमा सुधार ल्याई पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।
निरीक्षण भ्रमणको क्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यावस्थापन कार्यालय इटहरी पाल्नु भएका प्रदेश प्रहरी प्रमुख अधिकारीले दुर्घटना न्यूनीकरणका लागि कोशी प्रदेशमा लगाईएको टाइम कार्डको पुनरावलोकन तथा थप टाइम कार्ड लागु गर्ने सम्बन्धी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यावस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेशका संयोजक सरोज श्रेष्ठ लगायत यातायात व्यवसायीहरु, यातायात मजदुर संघ संगठनका प्रतिनिधिहरुसंग छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।